रिडी पावर कम्पनीको फागुन १८ बाट खुल्दै हकप्रद शेयर


१३ फाल्गुन २०८०, आईतवार
ridi.jpg 2

काठमाडौँ । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

जसअनुसार कम्पनीले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । उक्त हकप्रद शेयरका लागि माघ २२ गते रिडीले बुक क्लोज गरिसकेको छ तसर्थ माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताहरुले मात्र यस हकप्रद शेयरमा दाबी गर्न पाउनेछ ।

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख एक हजार २०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी थप वृद्धि हुनेछ ।

यसमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्ने छन् भने यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि शेयर भर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७