रूससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्याङ्क सार्वजनिक


१४ फाल्गुन २०८०, सोमबार
UKRAINE CRISIS MARIUPOL E2022 04 18 10 04 58

किभ । रूससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्याङ्क सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्बजनिक नगर्ने जनाएका छन् ।

सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए तर रूससँगको युद्ध सुरू भएको दुई बर्ष पुगेको अवसरमा उनले यो संख्या सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्धग्रस्त क्षेत्रको खर्च गर्न नपाएपछि ज्यान जोखिममा पर्दै गएपछि यो तथ्याङ्क सार्वजनिक गर्नु परेको बताएका छन् ।

‘अहिले प्रतिबद्धताले युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतवार टेलिभिजन सम्बोधनमा भनेका छन् । युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ । श्री उमरोभले भने कि बैदेशिक सहयोग र आपूर्तिको अभावले युक्रेनलाई युद्धको संख्यामा थप क्षतिमा पुर्‍याइरहेको छ । ‘हामीले सम्भव र असम्भव सबै गर्छौं तर समयमै आपूर्ति नहुँदा यसले हामीलाई हानि गर्छ,’ उनले भने ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले नोभेम्बरमा चेतावनी दिएका थिए कि मार्चसम्म १० लाख तोपखाने गोलाहरू उपलब्ध गराउने योजना पूरा हुने छैन । जनवरीमा, युरोपेली संघले यीमध्ये आधा भन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताएपछि युक्रेनको अवस्था थप दयनीय हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७