लुका मोड्रीचको गोलमा रियल म्याड्रिड विजयी


१४ फाल्गुन २०८०, सोमबार
real.jpg 5

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ८१ औं मिनेटमा लुका मोड्रीचले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै लिगमा आफ्नो अग्रता कायम राखेको छ । रियल म्याड्रिडको २६ खेलमा ६५ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी सेभियाको भने २६ खेलमा २४ अंक रहेको छ र लिगमा १५औं स्थानमा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७