एम्बुलेन्सबाटै गाँजा तस्करी : दुई एम्बुलेन्स प्रहरीको नियन्त्रणमा


१४ फाल्गुन २०८०, सोमबार
ambulance gaja 900px 1708911643 1708922278

काठमाडौं । तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सलाई गाँजा तस्करीमा प्रयोग गरेको पाइएको छ । सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड गरिएका एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । यी दुई जिल्लाबाट ३२५ किलो गाँजा सहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले आइतबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डमा पर्ने बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो गाँजा बोकेको को१च २९३७ नम्बरको एम्बुलेन्समा एम्बुलेन्स नियन्त्रणमा लिएको थियो ।
यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७