राजेन्द्र महतोले छाडे लोसपा, नयाँ अभियान घोषणा


१४ फाल्गुन २०८०, सोमबार
rajendra mahato
फाइल फोटो

काठमाडौं । पार्टी अध्यक्ष महन्थ ठाकुरसँगको लामो असन्तुष्टीपछि नेता राजेन्द्र महतोले लोसपा छाडेका छन् । उनले पार्टी छाड्दै नयाँ अभियान घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै महतोले लोसपाबाट अलग्गिएर नयाँ अभियान घोषणा गरेको जानकारी दिएका हुन् ।

‘अब एकल–एकल रूपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पीडा र असफलताबाट सबक लिँदै ‘फोड र राज्य गर’ शासकीय नीतिविरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियानतहत सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन,’ सोमबार महतोले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

उनले नेपालमा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विकास तथा समाजवादको बहस सम्भ्रान्तीय झुठ साबित भएको दाबी गरेका छन् । ’यहाँ लोकतन्त्र मानव अधिकार, विकास, वृद्धि–संवृद्धि, समाजवादको बहस सम्भ्रान्तीय झुठ, फरेब, जनता झुक्याउने र ठग्ने प्रपन्च सावित भयो,’ महतोले भनेका छन् ।

सोहीकारण अहिलेसम्म हावी रहेको राजनीतिक शक्ति संरचनाकै विकल्प खोज्नुपर्ने बेला आएको महतोको टिप्पणी छ । उजले राज्य र समुदायबीच अलगाव र सम्बन्धविच्छेदको मनोविज्ञान तीव्र रूपमा बढिरहेको उल्लेन गरेका छन् । ’राज्य र समुदायबीच अलगाव र सम्बन्धविच्छेदको मनोविज्ञान तीव्रो रूपमा बढिरहेको छ । यसलाई नरोक्ने हो भने देश गम्भीर दुर्घटनामा कुनै पनि बेला फस्न सक्दछ । यो दलदलबाट मुलुकलाई निकाल्न अनिवार्य बन्न गएको छ,’ महतोले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७