बारामा ग्यास सिलिण्डर बिष्फोट : चार जना घाइते, दुईको अवस्था गम्भीर


१४ फाल्गुन २०८०, सोमबार
gas cylinder

बारा । ग्यास सिलिण्डर बिष्फोट हुँदा बाराको निजगढ नगरपालिकामा चार जना घाइते भएका छन् । निजगढ नगरपालिका–७ शहिद चोकस्थित रोहित वर्कशपमा ग्यास सिलिण्डर बिफोट हुँदा चार जना घाइते भएका हुन् ।

चोकमा रहेको वेल्डिङ गर्ने पसलमा वेल्डिङको लागि राखिएको ग्यास सिलिन्डर पड्किएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । सो क्रममा चार जना घाइते भएकोमा उनीहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको उनले बताए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको न्यौपानेले बताए । उनीहरुको नाम खुल्न बाँकी रहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७