सेन्चुरी बैंकको हिनामिना : दुई सीईओसहित यी हुन् सीआइबीले पक्रेका १० कर्मचारी


१५ फाल्गुन २०८०, मंगलवार
manjo Tulashiram
तत्कालीन सेन्चुरी बैंकका सीईओहरु मनोज न्यौपाने र तुलसी गौतम ।

काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकको ऋण प्रवाहका क्रममा रकम हिनामिना गरेको आरोपमा प्रहरीले पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्रिएको छ ।

यस प्रकरणमा गौतमसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ गरिएकाहरूको संख्या १० पुगेको छ । योसँगै सेन्चुरीकै पूर्व सीईओ मनोज न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

अहिलेसम्म यस प्रकरणमा तत्कालीन सेन्चुरी बैंकका १० जना कर्मचारी पक्राउ परिसकेको सीआईबी स्रोतले जानकारी दिएको छ । पछिल्लो पटक पक्राउ परेका तुलसीराम गौतम मनोज न्यौपाने सेन्चुरीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि उक्त जिम्मेवारीमा थिए । न्यौपाने २०७८ असारदेखि सेन्चुरीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ । उक्त बैंकमा मनोज न्यौपाने अहिले वरिष्ठ डेपुटी सीइओका रुपमा कार्यरत छन् ।
यी हुन् पक्राउ पर्नेहरु
तुलसी गौतम–तत्कालीन सीईओ सेन्चुरी कमर्सियल बैंक
मनोज न्यौपाने–तत्कालीन सीईओ सेन्चुरी कमर्सियल बैंक

कर्मचारीहरू
सविन घिमिरे
सुवास श्रेष्ठ
अनुपमा श्रेष्ठ
सुनिल बस्नेत
दिलिप बराल
दिपेश प्रधान
राजेश भण्डारी
रमन श्रेष्ठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७