‘उपहार’ प्रदर्शनअघि रेखा थापाका निर्देशक देउजाले किन भेटे प्रधानमन्त्री ?


१५ फाल्गुन २०८०, मंगलवार
deuja

काठमाडौं । फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै चलचित्रसँग सम्बन्धित रहेर गहन छलफल भएको निर्देशक देउजाले बताएका छन् ।

प्रधानमन्त्रीसँग तस्वीर शेयर गर्दै देउजाले सामाजिक सञ्जालमा लेखेका छन्–चलचित्र कर्ममा निरन्तर लागि रहनुको बिशेष उपलब्धी आजको दिनलाई म बिशेष दिन मान्दछु । चलचित्रसँग सम्बन्धित रहेर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूसँग प्रधानमन्त्री ज्यूको निवास बालुबाटारमा ब्यक्तिगत रुपमा बिशेष छलफल गर्न पाइयो, जय नेपाली चलचित्र ।

फागुन २५ गते प्रदर्शनमा आउने उपहारको यतिबेला प्रसार प्रचार (प्रोमोसन) ब्यापक पारिएको छ । फिल्मको टेलर तथा केहि गीत सार्बजनिक भइसकेको छ । ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाएको फिल्म निर्माण पक्षले जनाएको छ । फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भत्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ । फिल्मको विदेशमा समेत उच्च रहेको निर्देशक देउजा बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७