पीएसएल मालिकले क्रिकेट बाबर आजमलाई उपहार दिए अनौंठो कार


१६ फाल्गुन २०८०, बुधबार
Capture.JPG 1974

इस्लामबाद । पाकिस्तान सुपर लिगमा सोमबार पेशावर लाजिमीका लागि बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेका छन् । बाबर आजमले ६३ बलमा १११ रनको इनिङ खेले । योसँगै बाबर आजमको टोली पेशावर जाल्मीलाई जिताउन सफल भयो । उनका कारण पेशावर जाल्मी ८ रनले विजयी हुन सफल भए पछि यसले नयाँ रोचक मोड लिएको छ ।

सो खेलमा पहिले ब्याटिङ गरेको पेशावर जाल्मीले बाबर आजमको शतकको मद्दतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो । तर, यो जितपछि पेशावर जाल्मीका मालिकले बाबर आजमलाई विशेष उपहार दिएका छन् ।

समाचार अनुसार बाबर आजमको शानदार शतकपछि पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले उपहारस्वरूप लक्जरी कार दिने घोषणा गरेका छन् । पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले बाबर आजमलाई एमजी एचएस एसेन्स कार उपहार स्वरुप दिने बताएका हुन् । जसलाइ अनौंठो कारको संज्ञा दिइएको छ ।

हामी तपाईलाई बताउछौं कि यो लग्जरी कार भारतमा उपलब्ध छैन । जावेद अफ्रिदीले ट्वीट गर्दै यो लग्जरी कार पाकिस्तानमा बनेको लेखेका छन् । उनका अनुसार बाबर आजम यो कार चलाउने पहिलो पाकिस्तानी हुनेछन् ।

तथ्याङ्कले देखाउँछ कि बाबर आजमले टी–२० ढाँचामा ११ पटक शतकको अंक पार गरेका छन् । बाबर आजम टी–२० ढाँचामा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन् । यो सूचीमा वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान क्रिस गेल शीर्ष स्थानमा छन् । टी–२० ढाँचामा क्रिस गेलको नाममा २२ शतक छ । यसबाहेक बाबर आजमले टी–२० ढाँचामा १० हजार रनको जादुई अंक पार गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७