माओवादी स्थायी समिति बैठकको दोस्रो दिन : यस्ता छन् छलफलका एजेण्डा


१६ फाल्गुन २०८०, बुधबार
maobadi 3 scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादीको स्थायी समिति बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा समसमायिक बिषयमा कुराकानी भईरहेको छ । बैठक आज दोस्रो दिन बिहान ९ बजे सुरु भएको हो ।

आजको बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने नेताहरूले बताएका छन् । यस्तै सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको विवाद तथा राष्ट्रियसभा अध्यक्ष चयनका विषयमा पनि बैठकले छलफल गर्नेछ ।

बैठकमा अधिकांश सदस्यले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिएका छन् । साथै राष्ट्रियसभाको अध्यक्ष पद कांग्रेसलाई दिन नहुने मत समेत बलियो देखिएको छ । माओवादी केन्द्रले पार्टीका प्रदेशका इन्चार्ज परिवर्तन गर्ने तयारीसमेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७