केपी ओली कपको सेमिफाइनलका खेल आज


१७ फाल्गुन २०८०, बिहीबार
kp oli cup

काठमाडौं । जारी केपी ओली फुटबल कप अन्तर्गत आज (बिहीबार) सेमिफाइनलका खेलहरु हुँदैछन् । सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल विहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुनेछ ।

जावलाखेलले केपी ओली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै अर्को सेमिफाइनल खेल अपराहन्न ३ बजेदेखि मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच हुँदैछ ।

मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७