दिलिप रायमाझीकी छोरी दिव्या चलचित्रमा ‘डेब्यु’ गर्दै , फिल्म ‘एक्टर’ मा प्रदीपको बन्दै जोडी


१७ फाल्गुन २०८०, बिहीबार
pradip khadka and dibya rayamajhi scaled

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म ‘एक्टर’ मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माण पक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच फिल्मका लागि कागजी सम्झौता भएको छ ।

418281738 919715729642545 8456787271005526430 n

निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन् ।

IMG 6459

फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ । राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् । फिल्मको छायांकन वैशाख पहिलो साताबाट सुरु हुनेछ । फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७