पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनले जित्यो वाफ च्याम्पियनसिप


१८ फाल्गुन २०८०, शुक्रबार
jordan.jpg 3

काठमाडौँ । जोर्डनले पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको उपाधि जितेको छ । जोर्डनले पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले नेपाललाई पराजित गर्दै वाफको उपाधि जितेको हो । नेपालकी अमृता जैसीले चौंथो पेनाल्टी मिस गरेकी थिइन् ।

जोर्डनले वाफको उपाधि जितेको यो छैटौं पटक हो । फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । निर्धारित ९० मिनेटको खेलमा नेपाल र जोर्डन २–२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । नेपालले खेलको इन्जुरीसमयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो ।

यसअघि नेपालले खेलको २८औं मिनेटमा शुरुवाती गोल गरे पनि खेलको ७६औ मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरी गरेको थियो भने खेलको ८८औं मिनेटमा दोस्रो गोल गरेको थियो । नेपालका लागि सबिता राना मगरले पहिलो गोल गरेकी थिइन् भने गीता रानाले पेनाल्टी गोल गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७