विश्वकप छनोटका लागि ३३ जनाको प्रारम्भिक टोलीको छनौट


१८ फाल्गुन २०८०, शुक्रबार
anfa.jpg 7

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहराइनविरुद्ध हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टोली छनौट गरेको छ । नेपालले मार्च २१ र २७ मा बहराइनसँग खेल्नेछ ।

नेपालले विश्वकप छनौटमा समुह एचमा रहेको छ । जसमा युएई, लाओस र बहराइन रहेका छन् । नेपालले यसअघि दुई खेल खेलेकोमा दुवै खेलमा हार बेहोरेको छ । नेपालले लाओससँग १–० गोलको र युएईसँग ४–० को हार बेहोरेको थियो । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि आफ्नो टोली घोषणा गरेका छन् ।

गोलकिपर– अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ ।

डिफेन्डर– अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ ।
मिडफिल्ड– अरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छिन्जु, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जेउ ठकुरी र उत्सव राई ।
फरवार्ड– अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सञ्जीव विष्ट ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७