काठमाडौ टोखामा ‘क्लोथ बैंक’ सञ्चालन, राजेश हमालबाट उद्घाटन


१८ फाल्गुन २०८०, शुक्रबार
Rajesh Hamal

काठमाडौँ । काठमाडौंमा आज (शुक्रबार) देखि ‘क्लोथ बैंक’ सञ्चालनमा आएको छ । शुक्रबार टोखा नगरपालिकाको प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन अभिनेता राजेश हमालले गरेका छन् । कार्यक्रममा हमालले कपडा विहीनलाई कपडा दिने जस्तो पुन्य कार्यमा सहभागी हुन आग्रह गरे ।

कपडा बैंक शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नगर प्रमुख प्रकाश अधिकारीले यो अभियानमा साथ दिन सबैसँग आग्रह गरे । क्लोथ एण्ड फुड बैंक सञ्चालनमा टोखा नगरपालिका काठमाडौंमै पहिलो बनेको छ । क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उदेश्य राखेको छ । देशका सातै प्रदेशमा स्वरुमहरू सञ्चालन गर्न लागिएको जनाइएको छ ।

‘आफ्नो घर, टोल र समाजलाई सफा राखौं भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले बताए । केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही संचालन समेत गरिसकिएको छ । नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ । अध्यक्ष जिसीका अनुसार आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना छ । अहिलेसम्म १५४ स्थानीय तह यो अभियानमा जोडिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७