समीक्षा अधिकारी भन्छिन्–माया र करणाको नाटक गर्ने बलात्कारीले जिउँदै त छाड्छन्, जीवनभर मार्छन्


१९ फाल्गुन २०८०, शनिबार
sa

काठमाडौं । गायिका समीक्षा अधिकारीले समाजमा बलात्कारी दुई प्रकारका हुने बताएकी छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् । १. माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् । २. जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् । यी दुवै फाँसीका लायक छन् ।’

चितवनको रत्नगरमा एक होस्टेलमा पोखरेलको शव भेटिएको थियो । उनका बाबुले छोरीमाथि बलात्कार भएको बताउँदै आएका छन् भने प्रहरीले यो आत्महत्या भएको निष्कर्ष निकालेको छ । गायिका अधिकारीले यही विषयमा सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

j

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७