काठमाडौँबाट पोखरा घुम्न पुगेका दुई युवाको मोटरसाइकल दुर्घटनामा गयो ज्यान


२० फाल्गुन २०८०, आईतवार
mahesh shailendra accident

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कैलाली जिल्लाको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन् ।

शनिबार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा आचार्यको बिहान ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका वड नं ७ बुलौंदीमा आज बिहान ३ः४५ बजे दुर्घटना भएको हो ।

लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र०२–०३४प५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । मृतक दुवैको शव शनिबार दिउँसो आफन्तले बुझेको प्रहरी निरीक्षक रानाले बताए । उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७