रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड


२० फाल्गुन २०८०, आईतवार
real.jpg 6

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गए राति सम्पन्न रियल म्याड्रिड र भलेन्सियाबीचको खेल २–२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ९९औ मिनेटमा रियल म्याड्रिडका जुडे बेलिंगघमले गोल गर्दै रियललाई जित दिलाए पनि रेफ्रीले गोल दिएनन् भने उनले बेलिंघमलाई रातो कार्ड दिएका थिए । यस अघि खेलको ३० मिनेटमा २–० ले पछि परेको रियल म्याड्रिडलाइ भिनिसियस जुनियरले २ गोल गर्दै खेलमा फर्काएका थिए । त्यस्तै भलेन्सियाका लागि भने हुगो डुरो र रोमन यारेमचुकले एक एक गोल गरेका थिए ।

खेलपछि रियल म्याड्रिडले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अनौठो घटना भनेको छ । यो बराबरीपछि रियल म्याड्रिडको २७ खेलमा ६६ अंक रहेको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी भलेन्सियाको भने २६ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७