आगलागीबाट महिलाको मृत्यु, आफैले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान


२० फाल्गुन २०८०, आईतवार
fire

सुनसरी । सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । इटहरी–६ का विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवाल आफैले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवाल पहिलेदेखि नै डिप्रेसन (मानसिक चिन्ता) सम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७