बालेनविरुद्ध सडकमा उत्रिए काठमाडौंका व्यवसायी


२० फाल्गुन २०८०, आईतवार
balen birodh

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एशोसिएसनले आज (आइतबार) प्रदर्शन गरेको छ । कवाडी व्यवसायीहरुमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको कार्यालय राष्ट्रिय सभा गृह अगाडि विरोध र्‍याली निकालेका हुन् ।

र्‍यालीमा सहभागीहरुले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’ जस्ता नारा लगाएका थिए । केही दिनअघि काठमाडौं मलअगाडि र सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूमाथि नगर प्रहरीले आक्रमण गरेर केहीलाई गम्भीर घाइते बनाएका थिए ।

सरकारी निकायमा दर्ता भएर कर समेत तिरिरहेका व्यवसायमाथि दमन गरिएको भन्दै मेयर बालेन्द्रविरुद्ध नाराबाजी भएको हो । आइतबारको झरीबीच काठमाडौँका विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७