बालुवाटारमा नयाँ गठबन्धन दलको बैठक, आजै मन्त्रिपरिषद गठन (तस्वीरहरु)


२१ फाल्गुन २०८०, सोमबार
Gathabandhan news with amale 2
फाइल फोटो

काठमाडौं । बालुवाटारमा नयाँ गठबन्धन दलको वैठक चलिरहेको छ । नयाँ गठबन्धनमा चार दल भए पनि अहिले वैठकमा तीन दलको सहभागिता रहेको छ ।

Gathabandhan news with amale 1

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक–एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन्। नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी र रास्वपाको बैठक जारी छ।

Gathabandhan news with amale 3

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर शंकर पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् । एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । अहिलेको बैठकमा जनता समाजवादी पार्टी जसपा बैठकमा सहभागी छैन् । यद्यपी उसले आकस्मिक बैठक बोलाएको छ ।

Gathabandhan news with amale 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७