आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन एकीकृत समाजवादीको निर्देशन


२१ फाल्गुन २०८०, सोमबार
Beduram prakash jwala

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना पार्टीका मन्त्रीलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ । आज (सोमबार) बसेको सचिवालय बैठकले नयाँ मन्त्रीको शपथअघि नै आफ्ना मन्त्रीहरूलाई बिदा हुन निर्देशन दिएको हो ।

एकीकृत समाजवादीबाट प्रचण्ड नेतृत्वको सरकारमा कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । त्यस्तै नन्दा चपाई भौतिकमै राज्यमन्त्री छिन् । सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले भने, ‘प्रधानमन्त्रीले हाम्रा मन्त्रीजीहरूलाई के भन्नु भयो त्यो थाहा भएन । तर, हामीले अहिले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिइसकेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७