रास्वपालाई चार मन्त्रालय : रवि गृह, श्रम डीपी, शिक्षा सुमना र खेलकुदमा विराजभक्त


२३ फाल्गुन २०८०, बुधबार
Raswapa mantri

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित चार मन्त्रालय पाउने भएको छ । आज (बुधबार) बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित चार मन्त्रालय दिने निर्णय भएको हो ।

बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तार समेत हुने सम्भावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ । रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढङ्गले मन्त्री चयन गर्ने प्राम्भिक मापदण्ड बनाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपाले पाउने तीन मन्त्रालय र मन्त्रीको टुङ्गो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय दिने टुंग्याएको हो । यस्तै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो । रास्वपाले चार मन्त्रालयमा दाबी गरेको थियो । तर, नेकपा एकीकृत समाजवादीलाई पनि समेट्नुपर्ने भएकाले अहिले तीन मन्त्रालय पाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७