माओवादीबाट वर्षमान अर्थ, नारायणकाजी परराष्ट्र, शक्ति र रेखालाई पुरानै मन्त्रालय

नारायणकाजी श्रेष्ठसहित तीन जना मन्त्री दोहोरिने


२३ फाल्गुन २०८०, बुधबार
Maobadi mantri

काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।
शक्ति बस्नेत र रेखा शर्मालाई पहिलेकै मन्त्रालय
नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीन जना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने भएका छन् ।

प्रधानमन्त्री निकट स्रोतकाअनुसार श्रेष्ठको मन्त्रालय फेरिए पनि अन्य दुई जनाले पहिलेकै मन्त्रालय पाउने लगभग सहमति भएको छ । माओवादी केन्द्रीय सचिवालय बैठकमा कामको परफरमेन्सका आधारमा श्रेष्ठ नयाँ सरकारमा दोहोरिने हो भने बस्नेत र शर्मा पनि दोहोरिने प्रस्ताव आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७