सरकारमा सामेल हुन नेकपा एकीकृत समाजवादीको पाँच शर्त


२३ फाल्गुन २०८०, बुधबार
prachanda bishnu kp madhav 1

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा सहभागी हुने निर्णय गरेको छ । भर्खरै सम्पन्न माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठकले विभिन्न पाँच शर्तसहित प्रचण्ड सरकारमा सहभागी हुने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ लिएर नेपाल निवास पुगेका थिए । एमाले र माओवादीका शीर्ष नेताले नयाँ गठबन्धनमा सहभागी हुनका लागि अध्यक्ष नेपाललाइ आग्रह गरेका थिए तर अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने भन्दै कुनै निर्णय दिएका थिएनन् ।

तर, आज प्रधानमन्त्री प्रचण्डलाइ भेटन वालुवाटार पुगेका सम्मानित नेता झलनाथ खनाले भने प्रचण्ड सरकारमा जान पार्टी सकारात्मक रहेको जनाउँदै पार्टीमा निर्णय गराउने बचन दिएका थिए । सोही कारण पनि नेकपा एसले प्रचण्ड सरकारमा जाने निर्णय लिएको हो ।

यी हुन् एकीकृत समाजवादीका पाँच शर्तः

१) देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि गर्ने ।

२) राष्ट्रहितको रक्षा र सम्वर्द्धन गर्नुपर्ने ।

३) भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्नुपर्न ।

४) महंगी नियन्त्रण र जनताका समस्या समाधान गर्नुपर्ने ।

५) सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्नुपर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७