पर्सी नै यो गठबन्धनलाई राप्रपा चाहिने दिन नआओस् : राजेन्द्र लिङ्देन


२४ फाल्गुन २०८०, बिहीबार
rajendra Lingden 1 scaled
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खोजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गरेका छन् ।

आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले राप्रपा सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि स्पष्ट पारे । उनले राप्रपालाई सत्तामा नलिने भन्ने कुरा कतिपय पार्टीहरूले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताए । उनले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिए ।

उनले भने, ‘कतिपयलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो भन्ने भ्रम लगाइयो मात्रै होइन, कतिपय साथीहरूले बढो उत्साहका साथ हामीले राप्रपालाई नलिने भनेका छौँ भन्नु भयो । त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नोटिसमा राखेको छ । हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौं ।’

उनले भने, ‘राप्रपाले सहभागी हुन खोजेर पनि नसकेको हो भन्ने कुराको भ्रम नरहोस् । त्यसलाई नोटिसमा राखेका छौँ । तपाईंको यो गठबन्धनले पर्सी नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् । हामी यो सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टी हो ।’ उनले समग्र देशको अवस्था ठीक नरहेको बताए । उनले देशको यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको दाबी पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७