बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर लुट्ने एक भारतीय पक्राउ


२५ फाल्गुन २०८०, शुक्रबार
pakrau

वीरगञ्ज । बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर नगद लुटपाट गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारणका २७ वर्षीय अखिलेश कुमार साह रहेका छन् ।

बारा आदर्श कोतवाल गाउँपालिका–८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगञ्जतर्फ बस चढेर आइरहेको अवस्थामा साहले मिठाइ र बिस्कुट खुवाएर बेहोस बनाएर लुटपाट गरेका थिए । मुखियाको साथबाट ४१ हजार ५ सय रुपैयाँ र एउटा मोबाइल लुटिएको थियो ।

साहलाई वीरगञ्ज महानगरपालिका–१६ भानुचोकबाट पक्राउ गरिएको र साथबाट ३७ हजार ४१० र मोबाइल पनि बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । पक्राउ परेका साहलाई चोरीसम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७