यामलको एक गोलले दोस्रो स्थान उक्लियो बार्सिलोना


२६ फाल्गुन २०८०, शनिबार
barcelona

काठमाडौं । बार्सिलोना स्पेनिस ला–लिगाको दोस्रो स्थानमा उक्लिएको छ । युवा स्टार लामिने यामलको अन्तिम समयको गोलमा बार्सिलोनाले मालार्कोलाई १–० ले पराजित गर्‍यो ।

भ्रमणकारी टोली बार्सिलोनाले सुरुवातबाटै दबाब बनाए पनि गोल गर्न नसक्दा तनावमा देखिएको थियो । पहिलो हाफको २४ औं मिनेटमा इल्की गुन्डोगानले पेनाल्टी चुकाउँदा बार्सिलोनाले पहिलो हाफमै अग्रताको अवसर चुकाएको थियो ।

दोस्रो हाफको सुरुवातमै यामलले गरेको प्रहार क्रसबारमा लाग्दा बार्सिलोना पुन अग्रताको मौकाबाट चुक्यो । तर अन्तिम समयमा बार्सिलोनाले गोल गरेसँगै शीर्ष स्थानको रियल म्याड्रिडसँग अंक दुरी पाँच अंकमा झार्न बार्सिलोना सफल भयो । एक खेल कम खेलेको रियल आइतबार सेल्टाभिगोसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल अवधिभर ६३ प्रतिशत पोसेसन बनाएको बार्सिलोनाले २० सट प्रहार गरेको थियो । जारी स्पेनिस लिगमा रियल म्याड्रिडले एकपक्षीय रूपमा अग्रता बनाउँदा बार्सिलोना पछिल्लो समयको जितसँगै उपाधि होडमा फर्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७