सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका–भतिजको गयो ज्यान


२६ फाल्गुन २०८०, शनिबार
accident 2

सुनसरी । सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको ज्यान गएको छ । शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपन दाहाल र उनका ८ वर्षीय भतिज अभि दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पिन र अभि काका भतिज हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । दुर्घटनापछि ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७