इलामको उपनिर्वाचनमा उम्मेदवारी दिने रास्वपाको निर्णय

प्रदेशसभाको निर्वाचनमा भने भाग नलिने


२८ फाल्गुन २०८०, सोमबार
Rastriya Swatantra Party RSP

काठमाडौँ : सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम– २ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको हो ।

बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७