एकीकृत समाजवादीलाई पनि समेटेर सत्ता गठबन्धनबीच सात बुँदे सहमति


२९ फाल्गुन २०८०, मंगलवार
samajbadi

काठमाडौं । सत्ता साझेदार दलबीच आज (मंगलबार) नयाँ सहमति भएको छ । फागुन २१ गते भएको आठ बुँदे सहमतिलाई परिमार्जन गर्दै सात बुँदे बनाइएको छ ।

फागुन २१ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आठबुँदे सहमति भएको थियो ।

मंगलबार संशोधित सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन् । नयाँ सहमतिमा पहिले भएको सातौँ बुँदा हटाइएको छ । चार दलबीच भएको सहमतिको सातौँ बुँदामा भनिएको थियो, ‘यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने ।’ सात बुँदे सहमतिमा अरू पुरानै बुँदा छन् ।

Sahamati

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७