रुसमा कार्गो विमान दुर्घटना, चालक दलका सदस्यसहित १५ जनाको मृत्यु


३० फाल्गुन २०८०, बुधबार
r 3
तस्वीर : एजेन्सी

काठमाडौँ । रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको मृत्यु भएको छ । विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । इन्जिनमा आएको खराबीका कारण टेक अफको समयमा विमान दुर्घटना भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

विमानमा आठ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए । दुर्घटना रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा हिजो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७