१५ महिनापछि माधव नेपाल प्रधानमन्त्री : चौधरी


३० फाल्गुन २०८०, बुधबार
madhav nepal
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले १५ महिनापछि पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेको छ । पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले गठबन्धनमा १५ महिनापछि नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका छन् ।

‘१५-१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना पुष्पकमल दाहाल ‘प्रचण्ड’, त्यसपछि माधवकुमार नेपाल र अनि मात्र प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सहमति भएको छ’, उनले भने ।

Metmani
फाइल फोटो

आज (बुधबार) बसेको संसदीय दलको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताएका छन् । उनले सहमति कार्यान्वयन हुनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७