कोइराला र पण्डितको मोरङ-६ मा भिडन्त


१० कार्तिक २०७४, शुक्रबार
lal babu pandit and shakher koirala

काठमाडौं : मोरङ क्षेत्र नं. ६ मा प्रधिनिधिसभा निर्वाचनमा नेपाली (काँग्रेस) र नेकपा (एमाले)का हेभिवेट वाल नेताको भिडन्त हुने सम्भावना बढेको छ । काँग्रेका तर्फबाट प्रभावशाली नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने निश्चि छ । वाम गबन्दनले सो क्षेत्रमा उम्मेदवार टुङगो लगाइनसके पनि एमालेका चर्चित पूर्व मन्त्री लालबाबु पण्डितलाई अगाडी सार्ने तयारीमा गर्दा हेभिवेट नेताहरूको भिडन्त हुने सम्भावना बढेको हो ।

lal babu pandit and shakher koirala
पण्डितको उही क्षेत्रमा उम्मेदवार टुङगो लागेमा कोइरालासँग निक्कै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको चुनाव अनुसार यस क्षेत्रमा एमालेको भन्दा काँग्रेसको धेरै मत रहेका छन् । तर पनि वाम गठबन्दन भएपछि भने काँग्रेसको मत भन्दा वाम गठबन्दनको मत धेरै रहेको छ । यो क्षेत्रमा वडाध्यक्षले पाएको मत हेर्दा काँग्रेसको १९ हजार ७ सय ६० मत छन् । भने एमालेको १७ हजार ९ सय ८२ छ । यस क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ वडा पर्छन् ।
काँग्रेसले गठन्धन नगरी गएको खण्डमा वाम गठबन्दनको भन्दा कम उसको मत हुन्छ । वाम गठबन्दनको २६ हजार भन्दा ज्यादा हुन्छ । त्यसैले काँग्रेसलाई सो क्षेत्रमा गठबन्दन नगरी गएको अवस्थामा वाम गठबन्दनसँग सामना गर्न मुस्किल छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७