मृत्यु भइसकेका व्यक्तिका नाममा वृद्धभत्ता लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


३० फाल्गुन २०८०, बुधबार
Akhtiyar

काठमाडौँ । सल्यानको शारदा नगरपालिका–३ का तत्कालीन अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।थापाले मृत्यु भइसकेका व्यक्तिका नाममा वृद्धभत्ता निकासा गरी आफैले बुझिलिएको पाएपछि आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

थापाले मृत्यु भइसकेका व्यक्तिको नामको ५१ हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ । तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम कसुरमा जरिबाना र कैद सजायको माग गरी आरोपपत्र दायर भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७