कोरियाले अब वन, सेवा र ‘रुट इन्डस्ट्री’ मा पनि नेपाली कामदार लैजाने


१ चैत्र २०८०, बिहीबार
eps korea

काठमाडौं । नेपालीको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाले सन् २०२४ मा नेपालबाट वन, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने भएको छ । बुधबार वैदेशिक रोजगार विभागले जानकारी गरेको सूचनामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लैजान कोरियाले पत्राचार गरेको जनाइएको छ ।

सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिपविल्डिङ क्षेत्रबाट मात्र कामदार लैजाँदै गरेकोमा सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा समेत नेपाली कामदार लैजाने भएको हो । २०२४ मा अझ बढी सख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट आएको विभागको सूचनामा भनिएको छ ।

कोरियाले कृषि, उत्पादनमूलक र जाहज निर्माणमा नेपाली कामदार लैजाने गरेको थियो । यस सालदेखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्रीमा समेत नेपाली कामदार लैजाने भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिएका छन् ।

कोरियाको रोजगारीका सन्दर्भमा कोटा घट्ने लगायतका गलत हल्लाहरू चलाइएको थियो । तर, थप क्षेत्रमा कामदार लैजाने र यस सालका लागि कोटा समेत बढाइएको उनले बताएका छन् । रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार कोरिया पठाउने कार्य दुई देशबीच भएको सम्झौताबमोजिम निष्पक्ष, पारदर्शी र व्यवस्थित रुपमा हुने शाखाले स्पष्ट भएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७