भारतमा अश्लिल भिडियो प्रसारण गर्ने १८ ओटिटी प्लेटफर्ममाथि भयो प्रतिबन्ध (सूचीसहित)


२ चैत्र २०८०, शुक्रबार
Capture.JPG 2057 1

नयाँदिल्ली । भारत सरकारले अश्लील र वयस्क भिडियोहरू बनाएर इन्टरनेटमा प्रकाशित गर्ने १८ ओटीटी प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएको छ । भारतको सूचना र प्रसारण मन्त्रालयले १८ ओटीटी प्लेटफर्महरू, १९ वेबसाइट र ५७ वटा सामाजिक सञ्जाल ह्यान्डलहरूले नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरेको हो ।

भारत सरकारको सूचना र प्रसारण मन्त्रालयले पनि गुगल प्ले र एप्पल एप स्टोरलाई यी एपहरू आ–आफ्नो प्लेटफर्मबाट हटाउन आदेश दिएको छ । केन्द्रीय मन्त्री अनुराग ठाकुरले यस अघि केही ओटीटी प्लेटफर्महरूलाई चेतावनी दिएका थिए, जसले ओटीटी प्लेटफर्महरूमा अश्लील र नग्न सामग्रीहरू मिडियाको रूपमा अपलोड गर्थे ।

मन्त्रालयका अनुसार यस्ता सामग्रीले भारतीय आइटी ऐन २००० को उल्लङ्घन गर्छ, जसमा मिडिया र मनोरञ्जन उद्योगमा महिला र बालबालिकाको अधिकारको रक्षा गर्ने विशेष खण्डहरू समावेश गरिएका छन् । जसअनुसार वूवी, येस्मा, अनकट अड्डा, ट्राई फ्लिक्स, एक्स प्राइम, नियॉन एक्स वीआईपी, बेशरम्स, हंटर्स, रैबिट, एक्स्ट्रामूड, न्यूफ्लिक्स, मूडएक्स, मोजफ्लिक्स, हॉट शॉर्ट्स वीआईपी, फुगी, चिकूफ्लिक्स, प्राइम प्लेलगायत प्रतिबन्धमा परेका छन् ।

सरकारले प्रतिबन्ध लगाएका यी धेरै एपहरू गुगल प्ले स्टोरमा ५० लाखभन्दा बढी डाउनलोड भएका छन् । यी एपहरूमा फेसबुक, इन्स्टाग्राम र एक्स र यूट्यूब जस्ता सोशल मिडिया ह्यान्डलहरू पनि छन्, जसको माध्यमबाट तिनीहरूले आफ्नो अश्लील सामग्रीको प्रचार गर्थे । मन्त्रालयको सूचना अनुसार यी प्लेटफर्महरूको सामाजिक सञ्जालको पहुँच करिब ३२ करोड थियो ।

यी सबै प्लेटफर्ममा प्रतिबन्ध लगाउनुका साथै सरकारले उनीहरूका सबै सामाजिक सञ्जाल ह्यान्डलहरू पनि बन्द गरेको छ । भारतको सर्वोच्च अदालतले पनि २०१५ मा आफ्नो एउटा निर्णयमा देशमा वयस्क मिडियाको आदानप्रदान र वितरणलाई निषेध गरेको बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७