संसदमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा र प्रधानमन्त्रीको जवाफ


२ चैत्र २०८०, शुक्रबार
pradeep paudel

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ मागेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएर कस्तो अनुसन्धान हुने भन्दै प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरे । प्रधानमन्त्री प्रचण्डको सुशासनको नीतिप्रति आशंका गर्दै उनले जुन निकायले छानबिन गर्नुपर्ने त्यही निकायको नेतृत्व आरोपीलाई दिनु अनुचित हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७