आजदेखि आठौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप


३ चैत्र २०८०, शनिबार
Vollyball

काठमाडौं । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज (शनिबार) देखि सुरू हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप आजबाट सुरू हुन लागेको हो । सो प्रतियोगिता चैत १० गतेसम्म जारी रहनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सो खेलमा पुरूषतर्फका १३ र महिलातर्फका ७ समूहले भाग लिंदैछन् । जसअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपीएफ क्लब र मधेश प्रदेशले प्रतिस्पर्धमा उत्रिदैं छन् ।

यसैगरी पुरुषतर्फको समूह ‘ए’ मा हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब रहेका छन् भने समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् । साथै, समूह ‘सी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब र समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लबले सहभागी हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउने छन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७