सोमालियाको राजधानीमा भिडन्त, तीनको मृत्यु, चार बिधायकसहित २७ घाइते


३ चैत्र २०८०, शनिबार
somaliya
फाइल फोटो

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ । स्थानीय पुलिसका अनुसार राष्ट्रपति भवन नजिकैको एक प्रसिद्ध होटल अल शबाबमा जिहादीहरूले निशाना बनाएका हुन् । सो क्रममा तीन जनाको मृत्यु भएको छ ।

आधुनिक हतियार लिएर आएका जिहादीहरूले राति होटलमा गोली प्रहार गरेका थिए। होटलको नाम एसवाईएल रहेको बताइएको छ । सो घटनापछि शुक्रबार सुरक्षा बलहरूले पछिल्लो १३ घण्टाको कडा संघर्षपछि स्थितिलाई नियन्त्रणमा लिएको बताए । सोमालियाका प्रहरी प्रवक्ता कर्णेल कासिम अहमद रोबेलले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र २७ जना घाइते भएका छन् । घाइते हुनेमा १८ जना सर्वसाधारण र ९ जना नाविक रहेका छन् ।’

सोमालियाका प्रवक्ताका अनुसार घाइतेमध्ये चार जना विधायक पनि छन् । आत्मघाती हमलामा पाँच आक्रमणकारीको पनि मृत्यु भएको थियो । प्रवक्ताका अनुसार होटलमा लामो समयको भिडन्तपछि अवस्था सामान्य भएको छ । एसवाइएल होटलमा आक्रमण भएको यो पहिलो पटक भने होइन । विगतमा पनि आक्रमणकारीको निशाना बनेको छ । तर, यस पटक घटना रमजानको पवित्र महिनामा भएको छ । यो धेरै लाजमर्दो छ ।

सुरक्षा अधिकारी अहमद दाहिरले भने कि आक्रमणकारीहरूले पहिले होटल नजिकै विस्फोटक प्रयोग गरे । जसका कारण पर्खालमा नराम्ररी क्षति पुगेको छ । त्यसपछि अज्ञात बन्दुकधारीले भवनमा घुसपैठ गरेका थिए । आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको घटनास्थलमा उपस्थित मानिसहरुले बताएका छन् । गोली चल्ने बित्तिकै भित्ताबाट हाम फालेर भागेको घटनाको समयमा उपस्थित हसन नूरले बताए । उनले घटनाबारे धेरै थाहा नभएको तर होटलभित्र धेरै मानिस रहेको भने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७