सर्लाहीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु, ट्याक्टर धनी फरार


५ चैत्र २०८०, सोमबार
accident 2

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टर पल्टिँदा त्यसका चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आइतबार साँझ ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाको बेला ट्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव पनि ट्याक्टरमै थिए ।

उनी भने सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर धनी यादव फरार छन् । दुर्घटनामा संलग्न ट्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७