नेपाल ट्रस्ट घोटाला अख्तियारमा


२३ जेष्ठ २०७५, बुधबार

काठमाडाैं, २३ जेठ । राज्यलाई पाँच अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको कार्यालयले निजी कम्पनीलाई जग्गा भाडामा दिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।अाजकाे नागरिक दैनिकमा खबर छ ।

aakhtiyar
 

ट्रस्टको आर्थिक मूल्यांकन समितिको निर्णयविपरीत कम मूल्यमा जग्गा लिजमा लिएको कम्पनीले दरबारमार्गस्थित जग्गामा भवन निर्माणलगायत काम भने रोकेको छैन ।

कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यलाई ठूलो रकम घाटा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीउपर छानबिन भइरहेको हो । ट्रस्ट कार्यालयबाट सबै फाइल अख्तियारले लगेको सचिव रमेशप्रसाद सिंहले बताए । ट्रस्टले यसअघि नै निर्णय गरिसकेकाले लिजमा दिएको जग्गाको कामकारबाही रोक्न नसकिएको उनले बताए । ‘अब अख्तियारको हातमा पुगेको छ’, उनले भने, ‘अख्तियारले नै निर्णय गर्नेछ।’

अख्तियारले ट्रस्टको कार्यालयले लिजमा दिने निर्णयको सक्कल फाइलसमेत झिकाएको छ । अख्तियार प्रवक्ता रामेश्वर दंगालले ट्रस्टले दरबारमार्गको जग्गा भाडामा दिँदा गरेको निर्णयउपर छानबिन सुरु भएको बताए । ‘प्रारम्भिक छानबिन भइरहेको छ’, दंगालले भने, ‘ट्रस्टले लिजमा दिँदाको सक्कल स्रेस्ता र कागजपत्र अध्ययन भइरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७