गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन, दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री


५ चैत्र २०८०, सोमबार
Deepak manage
फाइल फोटो

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) चौथो पटक मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गगठन गर्दै मनाङेलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।मनाङे मनाङमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका व्यक्ति हुन् ।

उनी पछि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए । हिजो (आइतबार) मात्रै मनाङेले प्रदेशसभामा पार्टी परित्याग गरी स्वतन्त्रकै हैसियतमा रहेको विवरणको पत्र बुझाएका थिए । ‘गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। जसअनुसार मुख्यमन्त्रीले नै सम्हाल्दै आउनु भएको भौतिक मन्त्रालयको जिम्मेवारी राजीव गुरुङलाई दिइएको छ’ मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले भने ।

यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थप गरिएको छ । यसअघि यी दुई मन्त्रालयमा माओवादीका मन्त्री थिए । केन्द्रको गठबन्धनको असर प्रदेशमा पनि परेपछि मुख्यमन्त्रीले फागुन २२ गते माओवादीका मन्त्रीलाई बर्खास्त गरेका थिए । मनाङेलाई मन्त्री नियुक्ति गरेको पत्र प्रदेश प्रमुखको कार्यालय पुगिसकेको छ । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजे हुने बताइएको छ । यसअघि भौतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७