दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ


५ चैत्र २०८०, सोमबार
dipak 1

पोखरा । गण्डकी प्रदेशका नव नियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई आइतबार दिउँसो शपथ गराएका हुन् ।

उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा दिएका छन् । मनाङ ‘ख’ बाट निर्वाचित उनी चौंथो पटक मन्त्री बनेका हुन् ।

केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकी प्रदेशमा नेपाली कांग्रेसले आफै बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाइएको हो । चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७