श्रममन्त्री अर्यालको दावी : महिना दिनभित्रै मोवाइलबाटै एक घण्टामै श्रम स्वीकृति लिन सक्ने बनाउँछु


५ चैत्र २०८०, सोमबार
dp aryal
फाइल फोटो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन् ।

आज (सोमबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी शुक्रबारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी तयारी सुरु भएको बताए । उनले एक महिनाभित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था बनाउने दाबी गरे । उनले आफूले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताए ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए । उनले कर्मचारीहरूले नै समय लगाएर भ्रष्टाचार गर्न सहज बनाइदिने गरेको गुनासो आएपछि आफूले एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७