सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोपमा राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त


५ चैत्र २०८०, सोमबार
thaneshwor

काठमाडौँ । एक सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको आरोपमा नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको सेवामा अयोग्य हुने गरी उनलाई बर्खास्त गरेको हो । राष्ट्र बैंकका एक अधिकारी अनुसार एक उच्च पदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहारमा संलग्न भएको भन्दै निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको हो ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार सेवा ाट हटाउने निर्णय भएको हो । पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्र बैंककै एक महिना कर्मचारीमाथि उनले अभद्र व्यवहार गरेका थिए । सो विषय राष्ट्र बैंकभित्र निकै चर्चा भएको थियो । आचार्यलाई उपत्यका बाहिर सरुवा समेत गरिएको थियो । तर उक्त विषयमा कडा कारबाहीको माग भइरहँदा अहिले आचार्यबाट हटाउने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७