तटबन्ध निर्माणमा ८५ लाख भ्रष्टाचार : हरिपुर नपाकी तत्कालीन उपमेयरसहित १० जनाविरुद्ध मुद्दा


५ चैत्र २०८०, सोमबार
haripur

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्लेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनीहरूले तटबन्ध बनाउँदा ८५ लाख १८ हजार ६३१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज (सोमबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह, सबइन्जिनियर सञ्जीव चौधरी, हरिपुर नगरपालिकाकी सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमार, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष कुमार लामा, नदी नियन्त्रण उपभोक्ता समितिका अध्यष शम्सेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवी छन् ।

हरिपुर नगरपालिकाले लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानमा आर्थिक वर्ष २०७५/७६ मा हरिपुर नगरपालिका–१ स्थित लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा ८५ लाख १८ हजार ६३१ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७