महरालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरियो


५ चैत्र २०८०, सोमबार
mahara adalat

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

महरालाई नर्भिकको इमरजेन्सी वार्डमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । ‘परीक्षण पछि कस्तो रिपोर्ट आउँछ त्यसअनुसार भर्ना गर्ने / नगर्ने भन्ने टुङ्गो लाग्छ,’ स्रोतले भन्यो, ‘उहाँको स्वास्थ्य अवस्था कमजोर भएपछि इमरजेन्सीमा राखेर उपचार भइरहेको हो ।’

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७