अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट तीन महिलासहित चार जना पक्राउ


६ चैत्र २०८०, मंगलवार
pakrau 1

काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट तीन महिलासहित चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णीमा राई र नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा रहेका छन् । क्यास एप, फायरकिरिन जस्ता एप्लिकेसनबाट उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरूको साथबाट जुवा खेलाउन प्रयोग हुने गरेको ल्यापटप पनि बरामद भएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७