गृहमन्त्री लामिछानेको चुनौति : कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्


६ चैत्र २०८०, मंगलवार
Rabi lamichhane 1
फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले चार वर्ष सदन अवरूद्ध गरोस् भन्ने प्रतिक्रिया दिएका छन् । आज (मंगलबार) संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले आफूहरूले कामले जबाफ दिने बताए ।

‘एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु,’ उनले भने, ‘हामीले कामले जबाफ दिने हो, जुन नेपाली जनताले दिइरहन्छन् ।’ कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको माग समेत गर्दै आएको छ । उनले वर्षमा संसदबाट एउटा मात्र कानुन बनेको प्रसङ्ग पनि सुनाएका छन् ।

‘म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस् । अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस् । अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले,’ गृहमन्त्री लामिछानेले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७